instainsta

समस्याग्रस्त तुलसी बहुउद्देश्यीय सहकारीका ऋणीको सूची सार्वजनिक, ऋण नतिरे कानुनी कारबाही हुने

बजारको चिरफार
बजारको चिरफार
२०८३ असार २३ गते
समस्याग्रस्त तुलसी बहुउद्देश्यीय सहकारीका ऋणीको सूची सार्वजनिक, ऋण नतिरे कानुनी कारबाही हुने
AdvertisementAds

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित तुलसी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका ३७७ जना ऋणीहरूको नामावली सार्वजनिक गरेको छ।

समितिका अनुसार उपलब्ध ऋण विवरणका आधारमा ऋणीहरूको सूची सार्वजनिक गरिएको हो। यस क्रममा साविकमै ऋण चुक्ता गरिसकेका तर नामावलीमा नाम समावेश भएका व्यक्तिलाई आवश्यक प्रमाणसहित समितिको कार्यालयमा उपस्थित हुन आग्रह गरिएको छ।

त्यस्तै, अझै ऋण तिर्न बाँकी रहेका ऋणीलाई समितिको कार्यालयमा सम्पर्क गरी यथाशीघ्र ऋण चुक्ता गर्न सूचित गरिएको छ। तोकिएको समयमा ऋण भुक्तानी नगरे प्रचलित कानुनबमोजिम असुली प्रक्रिया अघि बढाइने समितिले जनाएको छ।

समितिले सहकारीको ऋण असुलीलाई प्रभावकारी बनाउँदै बचतकर्ताको रकम फिर्ता गर्ने र उनीहरूको हित संरक्षण गर्ने उद्देश्यले ऋणीहरूको विवरण सार्वजनिक गरिएको स्पष्ट पारेको छ।

PDF Document
Open in New Tab

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स