लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट वितरण गरिएको नगद लाभांश अझै नबुझ्ने सेयरधनीहरूलाई यथाशीघ्र लाभांश बुझिलिन आग्रह गरेको छ।
कम्पनीले सो वर्षको मुनाफाबाट करसहित ३५.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। तर, पाँच वर्षको अवधि पूरा भइसक्दा पनि केही सेयरधनीहरूले सो लाभांश नबुझेको कम्पनीले जनाएको छ।
बाँकी लाभांश बुझ्नुपर्ने सेयरधनीहरूको नामावली कम्पनीको वेबसाइटमा प्रकाशित गरिएको छ। कम्पनीको सेयर रजिष्ट्रार नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ।



















![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)
प्रतिकृया