लिवर्टी इनर्जी कम्पनी लिमिटेडद्वारा निष्कासित हकप्रद सेयर बाँडफाँड गरिएको छ। कम्पनीद्वारा निष्काशन गरिएको ५० प्रतिशत हकप्रद सेयर पुस २१ गते बाँडफाँड गरिएको हो । कम्पनीले हकप्रद सेयर गत कात्तिक २० गतेसम्म कायम रहेका सेयरधनीहरूका लागि मंसिर १६ देखि पुस ७ सम्म आवेदन खुला गरिएको थियो। कम्पनीले नियमअनुसार आवेदन दिएका सेयरधनीहरूलाई उक्त सेयर प्रदान गरेको छ।
हकप्रदबाट संकलित रकम कम्पनीका परियोजनाहरूमा लगानी गरिनेछ। माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाको ऋण भुक्तानीका लागि ५५ करोड रुपैयाँ छुट्याइएको छ भने आयोजनाको बाँकी खर्च पुरा गर्न १५ करोड ३२ लाख रुपैयाँ र लोदोखोला साना जलविद्युत् आयोजनामा ४ करोड २४ लाख रुपैयाँ लगानी गरिनेछ।






![बाढीले हाइड्रोमा कति अर्बको क्षति पुर्यायो? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/SwYGgGHTIkY-maxresdefault-768x432.jpg)












![बाढीले हाइड्रोमा कति अर्बको क्षति पुर्यायो? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/SwYGgGHTIkY-maxresdefault-150x150.jpg)
प्रतिकृया