नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा लिवर्टी इनर्जी कम्पनी लिमिटेडको हकप्रद सेयर सूचीकृत भएको छ । शुक्रबार (आज) कम्पनीको ७५ लाख कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीले आफ्ना सेयरधनीलाई जारी गरेको ५० प्रतिशत हकप्रद सेयर सूचीकरण गरिएको हो ।नेप्सेमा सूचीकृत उक्त हकप्रद सेयर सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।


प्रतिकृया