लिवर्टी इनर्जीको नोक्सानी घट्यो, यस्ता छन् अन्य सूचक

बजारको चिरफार
बजारको चिरफार
२०८२ बैशाख ३० गते
लिवर्टी इनर्जीको नोक्सानी घट्यो, यस्ता छन् अन्य सूचक

लिवर्टी इनर्जी कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। वित्तीय विवरण अनुसार कम्पनीको खुद घाटा २ करोड ४५ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ७ करोड ७२ लाख रुपैयाँ खुद घाटा व्यहोरेको थियो।

यस अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी १३ करोड ८२ लाख रुपैयाँबाट ४.७७ प्रतिशतले बढेर १४ करोड ४८ लाख रुपैयाँ पुगेको छ। यता, वित्तीय खर्च १३ करोड २७ लाख रुपैयाँबाट घटेर ९ करोड ९ लाख रुपैयाँमा झरेको छ। विद्युत बिक्री आम्दानी बढ्दा र वित्तीय खर्च घट्दा कम्पनीको घाटा घटेको हो।

२ अर्ब २५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस जलविद्युत कम्पनीको रिटेन्ड अर्निङमा ६९ करोड ५६ लाख रुपैयाँ ऋणात्मक रहेको छ। समीक्षा अवधिमा कम्पनीको प्रति सेयर आम्दानी १ रुपैयाँ ०९ पैसा ऋणात्मक र प्रतिसेयर नेटवर्थ ७२ रुपैयाँ ३६ पैसा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स