लिबर्टी इनर्जी कम्पनी लिमिटेडले माघ २ गते आज बुधबारदेखि सेयर लिलामी बिक्री खुला गरेको छ। हकप्रद बिक्रीमा बाँकी रहेको ८ लाख २६ हजार ५७४ कित्ता सेयर लिलामीमार्फत बिक्रीमा ल्याइएको हो।
यसमा इच्छुक व्यक्ति, कम्पनी, संघ, र संस्थाहरूले माघ ९ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र आवेदन दिन सक्नेछन्।कम्पनीको सेयर बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ। प्रभु बैंक लिमिटेडका शाखा कार्यालयहरु कोशी प्रदेश विराटनगर शाखा, मधेश प्रदेश बीरगंज शाखा, बागमती प्रदेश जाउलाखेल शाखा, हेटौंडा शाखा, गण्डकी प्रदेशः पोखरा शाखा, लुम्बिनी प्रदेशः बुटवल शाखा, कर्णाली प्रदेशः सुर्खेत शाखा र सुदुरपश्चिम प्रदेशः धनगढी शाखा मार्फत आवेदन दिन सकिने क्यापिटलले जनाएको छ ।
यसअघि लिबर्टी इनर्जीले मंसिर १६ गतेदेखि चुक्ता पुँजीको ५० प्रतिशत अर्थात् ७५ लाख कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो। हकप्रदमा बिक्री नभएका ८ लाख २६ हजार ५७४ कित्ता सेयर लिलामीमार्फत बिक्री गर्न लागिएको हो। हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ छ। हकप्रद सेयर बिक्रीपछि यो पुँजी बढेर २ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ।
















प्रतिकृया