लिबर्टी इनर्जी कम्पनी लिमिटेडको ८ लाख २६ हजार ५७४ कित्ता सेयर लिलामीका लागि आवेदन दिने आज (माघ ९ गते) अन्तिम दिन हो। इच्छुक व्यक्ति, कम्पनी, संघ वा संस्थाहरुले आज कार्यालय समयसम्म गोप्य शिलबन्दी बोलपत्र मार्फत आवेदन दिन सक्नेछन्। कम्पनीको सेयर बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ।
प्रभु बैंक लिमिटेडका कोशी प्रदेश विराटनगर शाखा, मधेश प्रदेश बीरगंज शाखा, बागमती प्रदेश जाउलाखेल र हेटौंडा शाखा, गण्डकी प्रदेश पोखरा शाखा, लुम्बिनी प्रदेश बुटवल शाखा, कर्णाली प्रदेश सुर्खेत शाखा र सुदूरपश्चिम प्रदेश धनगढी शाखाबाट आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
लिबर्टी इनर्जीले गत मंसिर १६ गतेदेखि चुक्ता पुँजीको ५० प्रतिशत अर्थात् ७५ लाख कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो। हकप्रदमा बिक्री हुन नसकेको ८ लाख २६ हजार ५७४ कित्ता सेयर लिलामीमार्फत बिक्रीमा ल्याइएको हो।













![बाढीले हाइड्रोमा कति अर्बको क्षति पुर्यायो? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/SwYGgGHTIkY-maxresdefault-768x432.jpg)





![बाढीले हाइड्रोमा कति अर्बको क्षति पुर्यायो? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/SwYGgGHTIkY-maxresdefault-150x150.jpg)
प्रतिकृया