नेता डा. भीम रावलले ठूला भनिएका राजनीतिक दलहरूलाई सिद्धान्तहीन र गन्तव्यहीन भएको आरोप लगाएका छन्। बबरमहलस्थित कार्की बैंक्वेटमा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले यस्ता दलहरूले देशलाई सही दिशा दिन नसकेको टिप्पणी गरे।
उनले भने, “ठूला दलहरू सिद्धान्तहीन र गन्तव्यहीन बाटोमा लागेका छन्। पद कब्जा गर्ने होडबाजी चलिरहेको छ। अन्तर्राष्ट्रिय सम्बन्धलाई कमजोर बनाइएको छ भने सीमा असुरक्षित भएको छ।”
डा. रावलले देश अहिले विचौलिया र दलालहरूको हातमा परेको भन्दै गम्भीर चिन्ता व्यक्त गरे।




















प्रतिकृया