SHAREHUB SHAREHUB

लक्ष्मी सनराइज बैंकको खराब कर्जा सामान्य घट्यो, अझै ५ प्रतिशत माथि

बजारको चिरफार
बजारको चिरफार
२०८२ कार्तिक २१ गते
Advertisement Ads
लक्ष्मी सनराइज बैंकको खराब कर्जा सामान्य घट्यो, अझै ५ प्रतिशत माथि
Advertisement Ads

लक्ष्मी सनराइज बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, बैंकको खुद नाफा ३८.०४ प्रतिशतले घटेर ३३ करोड २३ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले ५३ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

पहिलो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी १.५९ प्रतिशतले बढेर २ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, कुल सञ्चालन आम्दानी १४.८० प्रतिशतले बढेर ३ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ४२.११ प्रतिशतले घटेर ४३ करोड ८१ लाख रुपैयाँमा सीमित भएको छ।

🔴 Quarterly Report LIVE Update [Q1]: नेप्सेमा सूचीकृत कम्पनीहरूको वित्तीय विवरणको LIVE अपडेट

बैंकले इम्पेयरमेन्ट चार्जका लागि १ अर्ब ९३ करोड रुपैयाँ छुट्टाएको भने खराब कर्जा अनुपात ०.२ प्रतिशतबिन्दुले घटेर ५.४२ प्रतिशतमा सिमित भएको छ।

Advertisement Ads

बैंकको चुक्ता पूँजी २४ अर्ब ३४ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा २० अर्ब ६६ करोड रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा बैंकले ३ खर्ब ७५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ८२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।

असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ६२ करोड रुपैयाँ रहेको छ। वितरणयोग्य प्रतिसेयर आम्दानी १० रुपैयाँ ७८ पैसा रहेको छ। गत बर्ष वितरणयोग्य मुनाफा १ अर्ब ४९ करोड रुपैयाँ र वितरणयोग्य प्रतिसेयर आम्दानी ६ रुपैयाँ ४३ पैसा थियो।

बैंकको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ७९ पैसा घटेर ५ रुपैयाँ ४६ पैसामा सीमित भएको छ। यस्तै, प्रतिसेयर नेटवर्थ १८४ रुपैयाँ ८९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३९.७४ गुणा रहेको छ।

LSL 1 https://bajarkochirfar.com/laxmi-sunrise-banks-bad-loans-decline-moderately-still-above-5-percent | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स