SHAREHUB SHAREHUB

लक्ष्मी सनराइज बैंकले कमायो १ अर्ब १६ करोड नाफा, अन्य सूचक कस्ता?

Advertisement Ads
लक्ष्मी सनराइज बैंकले कमायो १ अर्ब १६ करोड नाफा, अन्य सूचक कस्ता?
Advertisement Ads

लक्ष्मी सनराइज बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ अर्ब १६ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ९.७१ प्रतिशतले बढी हो। गत वर्ष यसै अवधिमा बैंकले १ अर्ब ५ करोड ९२ लाख रुपैयाँ नाफा कमाएको थियो।

इम्पेरमेन्ट चार्जमा कमी आउँदा बैंकको नाफा बढेको हो। इम्पेरमेन्ट चार्ज गत वर्षको २ अर्ब ७३ करोड रुपैयाँबाट घटेर १ अर्ब ९२ करोड रुपैयाँमा झरेको छ। यता खुद ब्याज आम्दानी भने ८.२७ प्रतिशतले घटेर ५ अर्ब १९ करोड रुपैयाँमा सीमित भएको छ। यस्तै, कुल सञ्चालन आम्दानीमा पनि ३.५० प्रतिशतको गिरावट आएको छ। एनपीएल भने ०.२७ प्रतिशतले बढेर २.११ प्रतिशत पुगेको छ।

बैंकको खुद फि तथा कमिशन आम्दानीमा १२.२८ प्रतिशतको वृद्धि भएको छ भने सञ्चालन मुनाफा २४.०८ प्रतिशतले बढेको छ। पुस मसान्तसम्ममा बैंकले ३ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप संकलन गरेर २ खर्ब ६७ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। बैंकको वितरणयोग्य मुनाफा ३६ करोड ८५ लाख रुपैयाँ रहेको छ।

बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ०.४१ रुपैयाँले बढेर ९ रुपैयाँ ५५ पैसा पुगेको छ। प्रतिसेयर नेटवर्थ १७२ रुपैयाँ ५० पैसामा कायम छ ।

viber image 2025 01 20 08 54 00 475 https://bajarkochirfar.com/laxmi-sunrise-bank-earned-a-profit-of-rs-1-16-billion-what-are-the-other-indicators | %tags

Advertisement Ads

यो पनि पढ्नुहोस् 

नेपाल प्रीमियर लीग स्पोन्सर गरेको सिद्धार्थ बैंकको नाफामा ५३ प्रतिशतको गिरावट, ईपीएस साँढे ८ रुपैयाँले घट्यो
https://bajarkochirfar.com/siddhartha-bank-which-sponsors-the-nepal-premier-league-sees-a-53-percent-drop-in-profit-eps-down-by-rs-8-5

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स