नेकपा एमालेबाट निष्कासनमा परेका पूर्व उपाध्यक्ष भीम रावलले अध्यक्ष केपी ओलीले आफूप्रति शत्रुवत् व्यवहार गरेको आरोप लगाएका छन्। बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो टिप्पणी गरेका हुन्।
रावलले भने, “केपी ओलीले मसँग शत्रुवत् व्यवहार गरे। त्यसैका बाबजुद मैले पार्टी छाडिनँ। न कुनै मतभेद राखेँ, न पदको आकांक्षा।”
उनले ओलीले वार्ता टोली गठन गरेर केवल भ्रम सिर्जना गर्ने काम गरेको दाबी गरे। पहिलोपटक वार्ता भए पनि त्यसपछि लामो समयसम्म आफूले वार्ताका लागि समय माग्दा पनि नदिएको रावलले उल्लेख गरे।
उनले थपे, “यसबाट केपी ओलीमा रहेको दम्भ, बदला, निषेध, दुराग्रह, र असहिष्णुता पुष्टि हुँदैन र? अहिले आएर भीम रावलले पार्टीसँग सम्पर्क टुटाएको भनेर भन्नु उचित छ?”
















![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया