विध्वंसपछि तंग्रियो कोटेश्वर भाटभटेनी: आन्दोलनकारीले जलाएको स्टोर माघ २८ बाट खुल्दै, आज गरियो पूजा !

विध्वंसपछि तंग्रियो कोटेश्वर भाटभटेनी: आन्दोलनकारीले जलाएको स्टोर माघ २८ बाट खुल्दै, आज गरियो पूजा !
AdvertisementAds

भदौ २३ र २४ को जेनजी आन्दोलनका क्रममा विध्वंसमा परेको कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट पुनः सञ्चालनमा आउने भएको छ। सुपरमार्केट माघ २८ देखि सेवा सुरु गर्ने तयारीमा छ।

भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले आज बिहान आगलागीले ध्वस्त भएको सुपरमार्केटको सञ्चालनका लागि पूजाआजा गरेका छन्।

जेनजी आन्दोलनका नाममा विध्वंसकारीहरूले भाटभटेनीमा आगजनी र तोडफोड गरेका थिए भने करोडौंको सामान लुटपाट गरेका थिए। कोटेश्वरस्थित भाटभटेनीसहित काठमाडौं उपत्यका र बाहिरका अधिकांश सुपरस्टोरमा लुटपाट र आगजनी भएका थिए। तीमध्ये केही स्टोर पुनः सञ्चालनमा आइसकेका छन् भने कतिपय अझ निर्माण चरणमा रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स