SHAREHUBSHAREHUB

अस्ट्रेलियन खेलाडीलाई जानाजान धक्का दिएको भन्दै आइसीसीले कोहलीलाई कारवाही गर्यो

AdvertisementAds
अस्ट्रेलियन खेलाडीलाई जानाजान धक्का दिएको भन्दै आइसीसीले कोहलीलाई कारवाही गर्यो
AdvertisementAds

अस्ट्रेलियासँगको चौथो टेस्ट खेलका क्रममा विराट कोहलीलाई खेलाडीसँगको विवादको कारण आइसीसीले कारवाही गरेको छ। कोहलीले अस्ट्रेलियाका डेब्यूटेन्ट खेलाडी साम कोन्सटासलाई जानाजान धक्का दिएको आरोपमा आइसीसीले उनको म्याच फीको २० प्रतिशत कटौती गरेको छ र एक डिमेरिट पोइन्ट पनि दिएको छ। एकपटक प्राप्त डिमेरिट पोइन्ट २४ महिनासम्म मान्य रहन्छ र थप डिमेरिट पोइन्ट्स पाउँदा थप कारवाही हुन सक्छ।

आइसीसीको कोड अफ कन्डक्ट अनुसार क्रिकेटमा कुनै पनि अनुपयुक्त शारीरिक गतिविधि निषेध गरिएको छ। जानाजान वा लापरवाहीपूर्वक अर्को खेलाडी वा अम्पायरलाई काँधमा धक्का दिनु नियम उल्लंघन मानिन्छ।

भारत र अस्ट्रेलियाबीचको पाँच खेलको टेस्ट श्रृंखला १-१ को बराबरीमा छ, र चौथो टेस्ट मेलबर्नमा बिहीबारदेखि सुरु भएको छ, जसलाई महत्वपूर्ण मानिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स