SHAREHUBSHAREHUB

धनुषा–१ मा किशोरी साहको रिट ‘हेर्न नमिल्ने’मा, अब आइतबार सुनुवाइ हुने

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन २९ गते
AdvertisementAds
धनुषा–१ मा किशोरी साहको रिट ‘हेर्न नमिल्ने’मा, अब आइतबार सुनुवाइ हुने
AdvertisementAds

धनुषा–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह ‘कमल’ को उम्मेदवारी खारेजविरुद्ध परेको रिट निवेदन सर्वोच्च अदालतमा शुक्रबार “हेर्न नमिल्ने”मा परेको छ। अब यस विषयमा आइतबार सुनुवाइ हुने भएको छ।

शुक्रबार न्यायाधीश शारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासमा परेको रिट न्यायाधीश सुवेदीले नै यसअघि सोही निवेदकको सम्बन्धित मुद्दामा अन्तरिम आदेश जारी गरिसकेकाले हेर्न नमिल्ने भएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए। आदेशमा यसअघि दायर भएको निवेदन र हालको निवेदन एक–आपसमा अन्तरसम्बन्धित भएकाले अर्को इजलासबाट सुनुवाइ हुने गरी चैत १ गतेका लागि पेसी तोकिएको उल्लेख छ।

यसअघि किशोरी साहले फागुन १९ गते आयोगको निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर गर्दै उम्मेदवारी कायम गर्न माग गरेका थिए।

यसबीच निर्वाचन आयोगले धनुषा–१ बाट नेकपा नेता मातृका यादवलाई निर्वाचित घोषणा गरिसकेको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स