किङ्स कलेजले आगामी साउन १० र ११ गते नेपाल आन्टरप्रेनरशिप फोरमको दोस्रो संस्करण आयोजना गर्ने घोषणा गरेको छ। “टुवर्डस् सस्टेनेबल आन्टरप्रिनरशिप इकोसिस्टम” भन्ने मूल नाराका साथ हुने यो अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालसहित फिनल्याण्ड, जापान, भारत, बङ्गलादेश, र कोसोभोका २५ भन्दा बढी वक्ता तथा विशेषज्ञहरूको सहभागिता रहनेछ।
दुई दिने सम्मेलनले दिगो उद्यमशीलता क्षेत्रमा क्रियाशील शिक्षाविद्, उद्यमी, नीतिनिर्माता, पेशाकर्मी तथा सरोकारवालाहरूलाई एउटै मंचमा ल्याउने लक्ष्य राखेको छ। कार्यक्रमले शैक्षिक ज्ञान र व्यवहारिक अनुभवलाई जोड्ने, उद्यमशीलताको विविध पक्षमा गहन संवाद र छलफललाई प्रोत्साहन गर्ने, तथा सहकार्यको नयाँ अवसर सिर्जना गर्ने उद्देश्य राखेको छ।
किङ्स कलेजका प्राध्यापक तथा कार्यक्रम संयोजक चित्तरञ्जन पाण्डेले उद्यमशीलतासम्बन्धी यस्ता सम्मेलनहरूले नेपालमा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने, महत्वपूर्ण सञ्जाल निर्माण गर्ने, आर्थिक वृद्धिमा योगदान पुर्याउने, बेरोजगारी घटाउने र दिगो विकासलाई प्रवर्द्धन गर्ने बताएका छन्। साथै, यस्ता प्लेटफर्महरूले विकासशील राष्ट्रका युवाहरूलाई उनीहरूले भोगिरहेका चुनौतीहरूसँग जुझ्न सहयोग पुर्याउने पनि उल्लेख गरेका छन्।
कलेजका अनुसार, सम्मेलनमा विचार–विमर्श, शोधपत्र प्रस्तुतिकरण, नवप्रवर्तन प्रदर्शन तथा सञ्जाल निर्माण जस्ता कार्यक्रम समावेश हुनेछन्, जसले शैक्षिक अनुसन्धान र व्यावसायिक कार्यान्वयनबीचको सम्बन्ध उजागर गर्नेछ।
करिब २०० जना सहभागी रहने अपेक्षा गरिएको यो कार्यक्रममा अन्तर्राष्ट्रिय तथा स्थानीय उद्यमी, अनुसन्धानकर्ता, नीतिनिर्माता, विकास साझेदार, सरकारी प्रतिनिधि र विद्यार्थीहरूको उपस्थिति रहनेछ।

















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

प्रतिकृया