ज्ञानेन्द्र शाहीले अर्थमन्त्री वाग्लेलाई भने, ‘तपाईंको नीतिले सेयर बजार ध्वस्त भयो’

ज्ञानेन्द्र शाहीले अर्थमन्त्री वाग्लेलाई भने, ‘तपाईंको नीतिले सेयर बजार ध्वस्त भयो’
Advertisement Ads

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले सेयर बजारमा आएको गिरावट र लगानीकर्ताले भोगिरहेको आर्थिक क्षतिप्रति अर्थमन्त्री डा. स्वर्णिम वाग्ले गम्भीर हुनुपर्ने बताएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै शाहीले फागुनदेखि हालसम्म सेयर लगानीकर्ताले करिब २.१५ खर्ब रुपैयाँ गुमाएको दाबी गरेका छन्। उनले सेयर बजारको अवस्थाका कारण लगानीकर्ताहरू ठूलो आर्थिक संकट र मानसिक तनावमा परेको उल्लेख गरेका छन्।

शाहीले सेयर बजारको गिरावटसँगै रश्मी रिजाल आत्महत्या गर्न बाध्य भएको विषय पनि उठाउँदै अर्थमन्त्रीलाई त्यसलाई गम्भीर रूपमा लिन आग्रह गरेका छन्।

‘फागुनदेखि अहिलेसम्म करिब रु. २.१५ खर्ब (करिब रु. २१५ अर्ब) सेयर लगानीकर्ताले रकम गुमाए,’ शाहीले सामाजिक सञ्जालमा लेख्दै भने, ‘सेयर बजार ध्वस्त भयो, रश्मी रिजाल आत्महत्या गर्न बाध्य भइन्, अर्थमन्त्रीज्यू, यो विषयलाई गम्भीरताका साथ लिनुहोस्।’

अर्थमन्त्रीको नीतिका कारण सेयर बजार प्रभावित भएको आरोप लगाउँदै उनले हजारौँ लगानीकर्ता आर्थिक संकट र तनावबाट गुज्रिरहेको दाबी गरेका छन्।

‘तपाईंको नीतिका कारण आज सेयर बजार ध्वस्त भएको छ। देशका हजारौँ लगानीकर्ता ठूलो आर्थिक संकट र तनावमा परेका छन्। कतिपय मानिसहरू अत्यन्त कठिन परिस्थितिबाट गुज्रिरहेका छन्,’ उनले भने।

Screenshot 26 7 2026 114529 www.facebook.com https://bajarkochirfar.com/gyanendra-shahi-told-finance-minister-wagle-your-policies-destroyed-the-stock-market | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स