सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किमले ३ प्रतिशत नगद लाभांश दिने

सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किमले ३ प्रतिशत नगद लाभांश दिने
Advertisement Ads

सिद्धार्थ क्यापिटल लिमिटेडले व्यवस्थापन गरेको ‘सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम’ ले आर्थिक वर्ष २०८२/८३ का लागि करसहित ३ प्रतिशत नगद लाभांश घोषणा गरेको छ।

सिद्धार्थ बैंक कोष प्रवर्द्धक तथा सिद्धार्थ क्यापिटल योजना व्यवस्थापक एवं डिपोजिटरी रहेको सिद्धार्थ म्युचुअल फण्डअन्तर्गत सञ्चालित उक्त खुलामुखी योजनाको लेखापरीक्षण सम्पन्न भएपछि साउन ८ गते अपराह्न ३:१५ बजे बसेको सञ्चालक समितिको २०६औँ बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो।

साउन ८ गतेसम्म कायम रहेका इकाईधनी लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

योजना खुलामुखी भएकाले इकाईधनीले कर तथा निर्धारित डीपी शुल्क कट्टीपछिको लाभांश रकम डिभिडेन्ड रिइन्भेष्टमेन्ट प्लान (Dividend Re-investment Plan) मार्फत थप इकाई खरिदमा पुनः लगानी गर्न सक्ने सुविधा पनि रहेको छ। यसअघि नै उक्त योजनामा सहभागी भएका योग्य इकाईधनीको हितग्राही (डिम्याट) खातामा थप इकाई पठाइनेछ भने अन्य इकाईधनीको बैंक खातामा नगद लाभांश जम्मा गरिने सिद्धार्थ क्यापिटलले जनाएको छ।

सञ्चालनमा आएयता ‘सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम’ ले दोस्रो पटक लाभांश घोषणा गरेको हो। साथै, आर्थिक वर्ष २०८२/८३ का लागि लाभांश घोषणा गर्ने पहिलो खुलामुखी योजना पनि बनेको छ।

753833322 122230816916553763 6988289216078162597 n https://bajarkochirfar.com/siddhartha-systematic-investment-scheme-to-pay-3-percent-cash-dividend | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स