संघीय संसद् मातहतका तीनवटा संसदीय समितिको बैठक आज बस्दै छन्। संघीय संसद् सचिवालयका अनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति तथा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक छुट्टाछुट्टै समयका लागि तय गरिएको छ।
अपराह्न २ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५’ को कार्यान्वयनको अवस्थाबारे छलफल हुनेछ।
त्यसअघि बिहान ११ बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा समितिको आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्ययोजना सम्बन्धमा विस्तृत छलफल गर्ने कार्यसूची रहेको छ।
यस्तै, बिहान ११:३० बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरको केन्द्रीय इतिहास विभागका पदाधिकारीसँग छलफल गर्ने कार्यक्रम तय गरिएको छ।




















प्रतिकृया