११ जना प्रहरी कर्मचारी लामो समयदेखि सम्पर्कविहीन, ७ दिनभित्र हाजिर हुन प्रहरी प्रधान कार्यालयको निर्देशन

११ जना प्रहरी कर्मचारी लामो समयदेखि सम्पर्कविहीन, ७ दिनभित्र हाजिर हुन प्रहरी प्रधान कार्यालयको निर्देशन
Advertisement Ads

नेपाल प्रहरीका ११ जना कर्मचारी लामो समयदेखि सम्पर्कविहीन भएपछि प्रहरी प्रधान कार्यालय, नक्सालले उनीहरूलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन निर्देशन दिएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार यसअघि खोजतलास गर्नुका साथै सम्बन्धित कार्यालयमा सूचना टाँस गर्दासमेत उनीहरू सम्पर्कमा आएका थिएनन्। अब तोकिएको अवधिभित्र सम्पर्कमा नआए प्रहरी नियमावली, २०७१ को नियम ११३ को उपनियम (१) को खण्ड (च) बमोजिमको कसुरमा नियम १०९ को देहाय (ख) (१) अनुसार सेवाबाट हटाउने प्रक्रिया अघि बढाइने चेतावनी दिइएको छ।

आफूखुसी ड्युटीमा गैरहाजिर रहेका कर्मचारीलाई बाटोको म्यादबाहेक सात दिनभित्र सन्तोषजनक स्पष्टीकरणसहित कार्यालयमा हाजिर हुन अन्तिम अवसर दिइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

सम्पर्कविहीन हुनेमा प्रहरी सहायक निरीक्षक तीर्थबहादुर बुढा र दुर्गाराज मल्ल रहेका छन्। यस्तै प्रहरी जवान नागेश्वर यादव, सुबोधप्रसाद पटेल, देवकृष्ण राउत, जयन्ती थापामगर, सञ्जय परियार, गीता मेदासी, राजकुमार रावत, ध्रुवराज पाध्या तथा प्रहरी कार्यालय सहयोगी सुरेश कुमाल पनि लामो समयदेखि सम्पर्कविहीन रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

Police notice https://bajarkochirfar.com/11-police-personnel-have-been-out-of-contact-for-a-long-time-police-headquarters-has-instructed-them-to-report-within-7-days | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स