खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले गत भदौ ३ देखि असोज ५ गतेसम्म निष्काशन गरेको हकप्रद सेयरको बाँडफाँड सम्पन्न गरेको छ।
कम्पनीले असार २६ गतेसम्म कायम सेयरधनीहरूका लागि १:१ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ दरले कुल ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो।
निष्काशन अवधिभर रीतपूर्वक आवेदन दिएका सेयरधनीहरूलाई असोज २१ गते ४१ लाख ९७ हजार ७९४ कित्ता हकप्रद सेयर बाँडफाँड गरिएको कम्पनीले जनाएको छ।
बाँडफाँडपछि बाँकी रहेका ४ लाख ५९ हजार ३४९ कित्ता अवितरित हकप्रद सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याइनेछ।
उक्त निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ।









![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-768x432.jpg)







![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया