शतप्रतिशत हकप्रद सेयर निकाल्ने तयारी गरेको खानी खोला हाइड्रो घाटामा

शतप्रतिशत हकप्रद सेयर निकाल्ने तयारी गरेको खानी खोला हाइड्रो घाटामा

खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्मको वित्तीय विवरण प्रकाशित गरेको छ। पुस मसान्तसम्म कम्पनीले १ करोड ६९ लाख ९३ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ। गत वर्ष सोही अवधिमा कम्पनीले १ करोड ४८ लाख रुपैयाँ नाफा कमाएको थियो।

कम्पनीको विद्युत बिक्री आम्दानी १० करोड ९४ हजारबाट घटेर ५ करोड ६० लाख रुपैयाँमा सिमित हुँदा घाटा व्यहोर्नुपरेको हो। यता, वित्तीय खर्च भने ५ करोड १८ लाखबाट घटाएर ३ करोड ८७ लाख रुपैयाँमा सिमित गरेको छ।

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ६५ पैसा ऋणात्मक छ भने प्रतिसेयर नेटवर्थ ७६ रुपैयाँ ८८ पैसा रहेको छ। ४६ करोड ५७ लाख १४ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको रिटेन्ड अर्निङ १० करोड ७६ लाख रुपैयाँले ऋणात्मक रहेको छ।

कम्पनीले शतप्रतिशत हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डको स्वीकृतिको प्रतीक्षा गरिरहेको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स