instainsta

काठमाडौं महानगरले २५ अर्ब ११ करोड भन्दा बढीको बजेट ल्याउने, कुन क्षेत्रमा कति ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ असार २७ गते
काठमाडौं महानगरले २५ अर्ब ११ करोड भन्दा बढीको बजेट ल्याउने, कुन क्षेत्रमा कति ?
AdvertisementAds

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि २५ अर्ब ११ करोड ४३ लाख रुपैयाँको बजेट ल्याउने भएको छ।

शुक्रबार सम्पन्न स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठकले खर्च र आम्दानीका आधारमा आगामी वर्षको बजेट सीमा तय गरेको हो। सबैभन्दा धेरै बजेट भौतिक तथा पूर्वाधार क्षेत्रमा छुट्याउने सिफारिस गरिएको छ। कुल बजेटको ५१ प्रतिशत पूर्वाधारका लागि, २० प्रतिशत शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रका लागि र बाँकी अन्य क्षेत्रका लागि छुट्याउने योजना बनाइएको छ।

राजस्व परामर्श समितिको बैठक पनि सोही दिन काठमाडौं प्लाजामा महा नगर प्रमुख बालेन्द्र (बालेन) साहको अध्यक्षतामा बसेको थियो, जहाँ आगामी आवको बजेट सीमा करिब २५ अर्ब ११ करोड रुपैयाँ बराबर निर्धारण गरी सार्वजनिक गर्न तयारी भैरहेको जानकारी दिइयो।

बैठकमा प्रमुख साहले जनचाहना अनुरूप पूर्वाधार विकासमा बजेट थप गर्ने निर्देशन दिएका थिए। राजस्व परामर्श समितिले पनि चालु आवको तुलनामा आगामी आवमा पूर्वाधार विकासका लागि बजेट वृद्धि गर्ने निर्णय गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स