ट्रिप एडभाइजरले सन् २०२५ का उत्कृष्ट गन्तव्यहरूको सूचीमा नेपालको काठमाडौँलाई समेटेको छ। काठमाडौंले सोलो (एकल) पर्यटकहरूको रोजाइमा दोस्रो स्थान, सांस्कृतिक गन्तव्यमा सातौं स्थान, र सम्पूर्ण उत्कृष्ट गन्तव्यहरूको सूचीमा २१ औं स्थान प्राप्त गरेको हो।
ट्रिप एडभाइजरले यस सूचीमा सोलो पर्यटकको लागि नयाँ विधा थपेको थियो, जसमा काठमाडौँ दोस्रो स्थानमा परेको छ। काठमाडौँमा ऐतिहासिक र सांस्कृतिक धरोहरका साथै बजेट मैत्री होटल र रेस्टुरेन्ट रहेका छन्।
पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले यसलाई नेपालको पर्यटन प्रवर्द्धनका लागि महत्वपूर्ण मान्दै ट्रिप एडभाइजरको प्रभावलाई ठूलो सहयोगको रूपमा लिएका छन्। उनले भने, “यो सूचीले नेपालमा थप पर्यटक ल्याउन मद्दत पुर्याउनेछ।”















![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)


प्रतिकृया