कास्की जिल्ला अदालतले डा. निकोलस भुसाललाई ५० हजार धरौटीमा छोड्यो



Advertisement
Ads

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने हिरासतमा सुतिरहेको फोटो खिचेर सार्वजनिक गरेको आरोपमा पक्राउ परेका डा. निकोलस भुसाललाई कास्की जिल्ला अदालतले ५० हजार रुपैयाँ धरौटीमा रिहा गरेको छ।


Advertisement

विद्युतीय कारोबार ऐन अन्तर्गत साइबर अपराधको कसुरमा सरकारी वकिलको कार्यालयले भुसालविरुद्ध १ लाख रुपैयाँ जरिवाना र ५ वर्ष कैद सजायको माग गर्दै अभियोजन पत्र दर्ता गरेको थियो। शुक्रबार न्यायाधीश शंकरबहादुर राईको इजलासमा थुनछेक बहसपछि धरौटीमा रिहा गर्न आदेश दिइएको हो।


Advertisement

यसअघि, ७ पुसमा पक्राउ गरी अदालतले उनलाई हिरासतबाहिरै राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। अनुसन्धानका क्रममा भुसालले सिसी टिभी मनिटरबाट खिचिएको लामिछानेको तस्वीर सार्वजनिक गरेपछि सुरक्षामा प्रभाव पारेको र गोपनीयता भंग गरेको ठहर गरिएको थियो।

भुसालका तर्फबाट अधिवक्ताहरूले घटना अन्जानमा भएको र पहिलोपटक भएकाले माफी हुनुपर्ने तर्क गरेका थिए। तर, सरकारी वकिलले प्रहरी हिरासतको संवेदनशीलता ख्याल नगरी फोटो खिचेर सार्वजनिक गर्नु अपराध भएको र सुरक्षा प्रणालीमा गम्भीर असर पारेको दाबी गरेका थिए।

भुसालले २९ मंसिरमा रवि लामिछानेलाई भेट्न जाँदा खिचेको फोटो ३ पुसमा सामाजिक सञ्जालमा पोष्ट गरेपछि भाइरल भएको थियो। उनले स्वास्थ्य सल्लाह दिनका लागि पुगेको दाबी गर्दै उक्त कार्य गल्तीबाट भएको बयान दिएका थिए।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर