लुम्बिनी प्रदेश सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को बजेटप्रति असन्तुष्टि जनाउँदै नेपाली कांग्रेस कपिलवस्तुले आफ्नै पार्टीका मन्त्रीहरूमाथि बहिष्कार गर्ने निर्णय गरेको छ। जिल्ला समिति अध्यक्ष अब्दुल कलामद्वारा जारी विज्ञप्तिमा मन्त्रीहरूलाई कुनै पनि सार्वजनिक वा पार्टीका कार्यक्रमहरूमा सहभागी नगराउने निर्णय लिइएको उल्लेख छ।
बजेटमा कपिलवस्तु जिल्लालाई योजनाबद्ध रूपमा हेपिएको कपिलवस्तु कांग्रेसको आरोप छ।बजेटको अधिकांश हिस्सा प्युठान, अर्घाखाँची र गुल्मी जिल्लामा केन्द्रित गरिएको छ। कपिलवस्तुलाई योजनाबाहिर राखेर हेपिएको उनिहरुको आरोप छ।
विज्ञप्तिमा प्रदेश सरकार र मन्त्रीहरूले संघीयताको मर्म विपरीत मनोमानी ढंगले बजेट विनियोजन गरेको आरोप लगाइएको छ।




















प्रतिकृया