SHAREHUB SHAREHUB

कामना सेवा विकास बैंकको नाफामा सुधार, प्रतिसेयर आम्दानी पुग्यो १८ रुपैयाँ १० पैसा

Advertisement Ads
कामना सेवा विकास बैंकको नाफामा सुधार, प्रतिसेयर आम्दानी पुग्यो १८ रुपैयाँ १० पैसा
Advertisement Ads

कामना सेवा विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, बैंकको खुद नाफा ९.१९ प्रतिशतले बढेर ६३ करोड ५२ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले ५८ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै नाफामा वृद्धि भएको हो।

चौथो त्रैमाससम्ममा कामना सेवा विकास बैंकको खुद ब्याज आम्दानी ५.२५ प्रतिशतले बढेर २ अर्ब २४ करोड रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा १.९७ प्रतिशतले बढेर ९८ करोड ६९ लाख रुपैयाँ पुगेको छ। यता, खुद फि तथा कमिशन आम्दानी १५.०४ प्रतिशतले वृद्धि भएको छ भने कुल सञ्चालन खर्च ४.१९ प्रतिशतले बढेको छ।

इम्पेयरमेन्ट चार्ज १६.८७ प्रतिशतले बढेर ४१ करोड ७४ लाख रुपैयाँ पुगेको छ। बैंकको खराब कर्जा अनुपात ०.०२ प्रतिशतबिन्दुले बढेर ३.३८ प्रतिशत पुगेको छ।

समीक्षा अवधिमा बैंकले ६२ अर्ब ८३ करोड ४३ लाख रुपैयाँ निक्षेप संकलन गरी ४९ अर्ब ९६ करोड ७२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। निक्षेप ६.३८ प्रतिशत र कर्जा प्रवाह ८.६७ प्रतिशतले बढेको हो।

बैंकको चुक्ता पूँजी ३ अर्ब ५१ करोड ८ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य नाफा ६० करोड ७४ लाख रुपैयाँ र जगेडा कोषमा १ अर्ब ७८ करोड रुपैयाँ सञ्चित रहेको छ।

Advertisement Ads

बैंकको प्रतिसेयर आम्दानी १८ रुपैयाँ १० पैसा पुगेको छ। यस्तै, वितरणयोग्य प्रतिसेयर आम्दानी १७ रुपैयाँ ३० पैसा पुगेको छ। भने प्रतिसेयर नेटवर्थ १६८ रुपैयाँ १३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २७.६९ गुणा रहेको छ।

KSBBL https://bajarkochirfar.com/kamana-sewa-bikas-banks-profit-improves-earnings-per-share-reaches-18-rupees-10-paise | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स