कालिका लघुवित्तको नाफा ३६ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

कालिका लघुवित्तको नाफा ३६ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, लघुवित्तको खुद नाफा ३६.४२ प्रतिशतले बढेर १० करोड ८० लाख रुपैयाँमा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ७ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा उल्लेख्य रूपमा बढेको कारण नाफामा वृद्धि भएको हो।

चौथो त्रैमाससम्ममा कालिका लघुवित्तको खुद ब्याज आम्दानी ५०.२९ प्रतिशतले बढेर ३८ करोड १० लाख रुपैयाँमा पुगेको छ भने सञ्चालन आम्दानी ५४.९८ प्रतिशतले बढेर ४३ करोड ७९ लाख रुपैयाँमा पुगेको छ। यता, सञ्चालन मुनाफा ९५.८९ प्रतिशतले बढेर १५ करोड ४२ लाख रुपैयाँमा पुगेको छ। इम्पेयरमेन्ट चार्ज २ लाख रुपैयाँबाट बढेर ३ लाख रुपैयाँमा पुगेको छ।

लघुवित्तको खराब कर्जा अनुपात ०.८८ प्रतिशतबिन्दुले बढेर ४.६७ प्रतिशतमा पुगेको छ।

समीक्षा अवधिमा लघुवित्तले ४ अर्ब ४३ करोड ८७ लाख रुपैयाँ निक्षेप तथा सापटी संकलन गरी ४ अर्ब ८४ करोड ७४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

लघुवित्तको चुक्ता पूँजी ४० करोड ७६ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य नाफा ६ करोड १९ लाख रुपैयाँ र जगेडा कोषमा ३५ करोड २४ लाख रुपैयाँ सञ्चित रहेको छ। लघुवित्तको प्रतिसेयर आम्दानी ५ रुपैयाँ २३ पैसाले बढेर २६ रुपैयाँ ५१ पैसा पुगेको छ। यस्तै, प्रतिसेयर नेटवर्थ १८६ रुपैयाँ ४४ पैसा रहेको छ।

अन्य वित्तीय सूचकहरू हेर्दा, लघुवित्तको मूल्य–आम्दानी अनुपात (P/E Ratio) ३९.९६ गुणा, पूँजी कोष–जोखिम भारित सम्पत्ति अनुपात ११.०८ प्रतिशत, कोष लागत ६.४९ प्रतिशत, आधार दर १३.०१ प्रतिशत र ब्याजदर अन्तर ८.५१ प्रतिशत रहेको छ।

अन्य कम्पनीहरूको चौथो त्रैमासको वित्तीय विवरण सहज रूपमा पढ्न हामीलाई Facebook मा Follow गर्नुहोस्।

KMCDB https://bajarkochirfar.com/kalika-laghubittas-profit-increased-by-36-percent-what-is-the-earnings-per-share | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स