चितवनको रत्ननगरमा नयाँ शोरुमसँगै कजारिया रमेश टायल्सको उपस्थिति विस्तार

चितवनको रत्ननगरमा नयाँ शोरुमसँगै कजारिया रमेश टायल्सको उपस्थिति विस्तार

कजारिया रमेश टायल्स लिमिटेडले चितवनको रत्ननगरमा नयाँ शोरुम सञ्चालनमा ल्याउँदै बागमती प्रदेशमा आफ्नो व्यावसायिक पहुँच थप विस्तार गरेको छ । चितवन हार्डवेयर एण्ड सेनेटरीद्वारा सञ्चालित यस शोरुमले स्थानीय उपभोक्ता, आर्किटेक्ट र इन्टेरियर डिजाइनरहरूका लागि विश्वस्तरीय पहिचान बनाएका वाल र फ्लोर टायल्सको बृहत् सङ्ग्रह सिधै उपलब्ध गराउनेछ ।

हिजो जेठ २४ गते आइतबारका दिन दिउँसो १ः०० बजे आधिकारिक रूपमा उद्घाटन गरिएको यस शुभारम्भ समारोहमा कन्ट्री म्यानेजर अभ्यास तिवारी र मिस नेपाल इन्टरनेशनल २०२५ उरुषा भण्डारीको प्रमुख उपस्थिति रहेको थियो । उक्त अवसरमा कजारिया रमेश टायल्स लिमिटेडका प्रतिनिधिहरू तथा चितवन हार्डवेयर एण्ड सेनेटरीको व्यवस्थापन टोलीले स्थानीय बासिन्दाहरूलाई हार्दिक स्वागत गर्दै शोरुमको अवलोकन गराएका थिए ।

ग्राहक–मैत्री र आकर्षक वातावरण प्रदान गर्ने उद्देश्यले डिजाइन गरिएको यस शोरुममा आगन्तुकहरूले कजारियाका सिग्नेचर फ्लोर र वाल टायल्सको विस्तृत श्रृंखला प्रत्यक्ष रूपमा अवलोकन गर्न सक्नेछन् । यसले ग्राहकहरूलाई आफ्नो घर वा परियोजनाका लागि उपयुक्त डिजाइन, टेक्स्चर र फिनिसिङ छनोट गर्न प्रत्यक्ष रूपमा सहयोग पु¥याउनेछ ।

उद्घाटन कार्यक्रममा कजारिया रमेश टायल्स लिमिटेडका प्रतिनिधिले भन्नुभयो, “चितवन हार्डवेयर एण्ड सेनेटरीसँगको हाम्रो साझेदारी प्रमुख सहरहरूभन्दा बाहिर पनि उच्च गुणस्तरीय टाइलिङ सोलुसन्स उपलब्ध गराउने दिशामा एउटा महत्त्वपूर्ण कदम हो । चितवन र आसपासका क्षेत्रका बासिन्दाहरूले कजारियाको भरपर्दो गुणस्तर र आधुनिक डिजाइनहरूमा सहज पहुँच पाउन सकून् र आफ्नो निर्माण तथा सजावटका योजनाहरूलाई सफलतापूर्वक साकार पार्न सकून् भन्ने हाम्रो लक्ष्य हो ।”

यो शोरुम अहिले पूर्ण रूपमा सञ्चालनमा आइसकेको छ र यसले रत्ननगर–१० तथा वरपरका क्षेत्रका सम्पूर्ण बासिन्दाहरूलाई शोरुममा पाल्नुभई नयाँ कलेक्सनहरू अवलोकन गर्न हार्दिक निमन्त्रणा गर्दछ ।

कजारिया रमेश टायल्स लिमिटेडले उन्नत प्रविधि र विश्वस्तरीय मापदण्ड अनुरूप देशकै सबैभन्दा ठूलो टायल उत्पादन उद्योग स्थापना गरी नेपालको टायल उद्योगलाई नयाँ परिभाषा दिएको छ । कम्पनीको बजार नेतृत्व विभिन्न अन्तर्राष्ट्रिय उपलब्धिहरूबाट थप सुदृढ बनेको छ, जसमा सुपरब्राण्ड २०२५ को उपाधि, ’एशियाज् मोस्ट प्रमिसिङ ब्रान्ड’ को मान्यता तथा विश्वका शीर्ष ८ टायल उत्पादकमध्ये एकका रूपमा स्थापित हुनु समावेश छन् । गुणस्तर र दिगोपनाप्रतिको यसको प्रतिबद्धता ISO ९००१ः२०१५ र ISO १४००१ः२०१५ प्रमाणीकरण, इन्डियन ग्रीन बिल्डिङ काउन्सिल (IGBC) को सदस्यता र प्रतिष्ठित NS Quality Award २०२६ मार्फत स्पष्ट हुन्छ, जसले यसलाई एक विश्वसनीय उद्योग नेतृत्वकर्ताको रूपमा स्थापित गरेको छ ।

३,००० भन्दा बढी आधुनिक डिजाइन विकल्पहरूसहित यस ब्रान्डले दीर्घकालीन टिकाउपन र उत्कृष्ट कार्यसम्पादनयुक्त उत्पादनहरू मार्फत आन्तरिक स्थानहरूलाई निरन्तर रूपान्तरण गर्दै आएको छ । हाल कजारियाको नेपालभर १०० भन्दा बढी शोरुमहरूको सशक्त देशव्यापी उपस्थिति रहेको छ । यसको विविध उत्पादन पोर्टफोलियोमा ग्लेज्ड भिट्रिफाइड टायल्स (६०x१२० से.मी., ६०x६० से.मी., ४०x४० से.मी. (८ मि.मी.), र १९.५x१२० से.मी.), सेरामिक वाल टायल्स (३०x६० से.मी. र ३०x४५ से.मी. एचडी पोलिस्ड), र हेभी ड्युटी भिट्रिफाइड टायल्स (४०x४० से.मी., १२ मि.मी.) समावेश छन् जुन उनीहरूको असाधारण मजबुती तथा पानी र दाग प्रतिरोधी क्षमताका लागि अत्यधिक प्रसिद्ध छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स