जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले साउन १५ देखि भदौ १९ गतेसम्म सर्वसाधारणका लागि खुला गरेको हकप्रद सेयर असोज ७ गते बाँडफाँड गरेको छ।
कम्पनीले बिक्री अवधिभर परेका आवेदनहरू केलाएर रितपूर्वक आवेदन गर्ने सेयरधनीलाई २२ लाख २४ हजार १७३ कित्ता हकप्रद सेयर बाँडफाँड गरेको हो।
यसअघि कम्पनीले असार ७ गतेसम्म कायम रहेका सेयरधनीका लागि प्रतिकित्ता १०० रुपैयाँ दरका २४ लाख १४ हजार १०० कित्ता हकप्रद सेयर १ बराबर ०.६५ कित्ताका दरले बिक्री खुला गरेको थियो।
बाँडफाँडपछि १ लाख ८९ हजार ९२७ कित्ता हकप्रद सेयर बाँकी रहेको छ। यी बाँकी सेयर न्यूनतम १०० रुपैयाँ अंकित मूल्यमा लिलामी बढाबढ प्रक्रियामार्फत बिक्री गरिने कम्पनीले जनाएको छ।









![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-768x432.jpg)







![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया