गुह्येश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्समा जागिर खाने अवसर
गुह्येश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले शाखा प्रबन्धक पदका लागि आवेदन खुला गरेको छ। देशभर २७ वटा शाखा सञ्चालन गरिरहेको राष्ट्रिय स्तरको यस वित्तीय संस्थाले उच्च दक्षता, ऊर्जा, आत्म-प्रेरित, अनुभवी तथा नतिजा उन्मुख नेपाली नागरिकहरूबाट आवेदन माग गरेको हो। कम्पनीले मधेश प्रदेशको महेंद्रनगर शाखाका लागि १ जना, बागमती प्रदेशअन्तर्गत काठमाडौं उपत्यकाका लागि २ जना र नारायणगढ शाखाका लागि १ जना तथा लुम्बिनी प्रदेशअन्तर्गत खैरेनी र तौलिहवा शाखाका लागि २ जना गरी कुल ६ जना शाखा प्रबन्धकको आवश्यकता रहेको जनाएको छ।
उम्मेदवारहरूले मान्यता प्राप्त विश्वविद्यालयबाट व्यवस्थापन संकाय वा सो सरहको विषयमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै, बैंक तथा वित्तीय संस्थामा कम्तीमा ५ वर्षको कार्यानुभव अनिवार्य गरिएको छ भने स्नातकोत्तर तह पूरा गरेका उम्मेदवारलाई प्राथमिकता दिइनेछ। उमेर सीमा अधिकतम ४० वर्ष तोकिएको छ, तर योग्य उम्मेदवारलाई करार सेवामा नियुक्त गर्न उमेर हदमा सहुलियत दिइन सक्ने व्यवस्था गरिएको छ।
इच्छुक तथा योग्य उम्मेदवारहरूले आफ्नो बायोडाटा, शैक्षिक प्रमाणपत्रहरू, हालसालै खिचिएको फोटो तथा सम्पर्क नम्बर सहित सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ। कम्पनीले कुनै पनि आवेदन स्वीकृत वा अस्वीकार गर्ने सम्पूर्ण अधिकार सुरक्षित राखेको छ भने योग्य उम्मेदवारहरूलाई मात्र छनोट प्रक्रियाका लागि सम्पर्क गरिनेछ। इच्छुकले www.gmbf.com.np/careers वेबसाइटमार्फत आवेदन दिन सक्नेछन्।