झापा इनर्जी लिमिटेडले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई निष्काशन गरेको आईपीओको बाँडफाँड सम्पन्न भएको छ। आज भदौ ९ गते बाँडफाँड सम्पन्न भई नतिजा पनि सार्वजनिक भइसकेको छ।
कम्पनीले साउन १४ गतेदेखि आईपीओ बिक्री खुला गरेको थियो। यसअन्तर्गत आयोजना प्रभावित झापा जिल्लाको शिवसताक्षी नगरपालिका–४ का स्थानीय बासिन्दा र श्रम स्वीकृति प्राप्त गरेका वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आवेदन दिन अवसर प्रदान गरिएको थियो।
आईपीओमा कम्पनीले स्थानीय बासिन्दाका लागि ३ लाख ८० हजार १ सय ९० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ५७ हजार २९ कित्ता शेयर निष्काशन गरेको थियो।
अब यसपछि कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने तयारी गरेको छ। धितोपत्र बोर्डले असार ३१ गते झापा इनर्जीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो। कम्पनीले सर्वसाधारणलाई ९ करोड ५० लाख ४७ हजार ५ सय रुपैयाँ बराबरको ९ लाख ५० हजार ४ सय ७५ कित्ता सेयर बिक्री गर्नेछ।



















प्रतिकृया