झापा इनर्जी लिमिटेडले भदौ २० गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने अन्तिम दिन आज (भदौ २९) रहेको छ। कम्पनीले भदौ २४ गते निष्काशन बन्द गर्ने सूचना प्रकाशित गरेको भए पनि सो दिनको विषम परिस्थितिका कारण आज १ दिनका लागि अवधि थप गरिएको हो। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि पहिलो चरणमा ३ लाख ८० हजार १९० कित्ता र ५७ हजार २९ कित्ता सेयर बाँडफाँड गरिसकेको छ।
अब दोस्रो चरणमा सामूहिक लगानी कोषका लागि २८ हजार ५१४ कित्ता, कर्मचारीका लागि ११ हजार ४०६ कित्ता र सर्वसाधारणका लागि ४ लाख ७३ हजार ३३६ कित्ता सेयर निष्काशन गरिएको छ जसको मूल्य ४ करोड ७३ लाख ३३ हजार ६०० रुपैयाँ बराबर छ। न्यूनतम १० र अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। इक्रा नेपालले कम्पनीलाई सिंगल बी माइनस रेटिङ्ग प्रदान गरेको छ, जसले उच्च जोखिम संकेत गर्दछ। सेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ। इच्छुक लगानीकर्ताले आस्बा सदस्य बैंक, वित्तीय संस्था वा मेरो सेयर अनलाइनमार्फत आवेदन दिन सक्नेछन्।











![इतिहासकै सबैभन्दा ठूलो IPO को कथा, के छ त्यस्तो Elon Musk को SPACE X मा ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/06/maxresdefault-4-768x432.jpg)






प्रतिकृया