जस्मिन पेन्ट्स लिमिटेडले रु. ५ करोड रुपियाँ बराबरको आईपीओ निष्काशन गर्ने भएको छ ।
यसैक्रममा प्रतिसेयर अंकित मूल्य रु. १००/- दरका ५,००,००० कित्ताले हुन आउने रकम रु. ५,००,००,०००/- (अक्षरुपी पाँच करोड मात्र) बराबरको साधारण सेयर सर्वसाधारणमा जारी गर्नका लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरिएको छ ।
उक्त सम्झौतामा जस्मिन पेन्ट्स लिमिटेडका तर्फबाट कार्यकारी अध्यक्ष लक्ष्मणप्रसाद अर्याल र सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसेले हस्ताक्षर गरेका छन् ।
जस्मिन पेन्ट्स लिमिटेड मनकामना समूह अन्तर्गत स्थापित एक प्रमुख रंग उत्पादक कम्पनी हो, जसले विगत ३० वर्षदेखि फ्याब्रिकेशन व्यवसाय अन्तर्गत आधुनिक प्रविधिबाट रंग उत्पादन गर्दै आएको छ ।









![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-768x432.jpg)








![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

प्रतिकृया