जापानले हेल्थ केयरमा २० हजार नेपाली लैजाने, मासिक तलब २ लाख सम्म



Advertisement
Ads

नेपाल र जापानका कम्पनीहरूले संयुक्त रूपमा ‘नेपाल-जापान सेवा आदान–प्रदान कार्यक्रम’ अन्तर्गत २० हजार नेपालीलाई  हेल्थ केयरमा जापान पठाउने घोषणा गरेका छन्। सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा जापानका जेन्काउ रिसर्च इन्स्टिच्युट, कोजाई कोसन कर्पोरेसन, प्रोग्रेसिभ स्टाफ एजेन्सी र नेपालका काठमाडौँ विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्स, सन एन्ड कम्पनी प्रालि र सान्दिपनी ग्रुप अफ एजुकेसनका प्रतिनिधिहरूले समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।

१८ देखि ४५ वर्षका व्यक्तिहरूलाई जापानको केयर गिभिङ क्षेत्रमा जान योग्य बनाइनेछ। नर्सिङ अध्ययन अनिवार्य छैन, र जापानी भाषाको आधारभूत ज्ञान ‘एन-फोर’ लेभलको परीक्षा उत्तीर्ण गरी सीप परीक्षणमा पास भएका नेपालीहरू जापान जान पाउनेछन्।


Advertisement

भाषा परीक्षा र सीप परीक्षण उत्तीर्ण गरिसकेका व्यक्तिहरूलाई अन्तर्वार्ताबाट छनोट गरिनेछ, र उनीहरूलाई नेपालमा केयर गिभरको आवश्यक तालिम, सूचना प्रविधि र एआईजस्ता सीप प्रदान गरिनेछ। जापानमा केयर गिभरको काम गर्नेहरूले मासिक दुई लाख जापानी येनसम्म आम्दानी गर्न सक्नेछन्।

 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर