नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सूचना प्रविधि (आईटी) क्षेत्रको विकासका लागि बहस मात्र नगरेर, ठोस कार्यान्वयन आवश्यक रहेको बताएका छन्।
काठमाडौंमा सोमबार आयोजित एक कार्यक्रममा बोल्दै थापाले संसददेखि राजनीतिक दलको एजेन्डा र सञ्चारमाध्यमहरूमा आईटी क्षेत्रबारे निरन्तर बहस भइरहे पनि त्यो बहस मात्रैमा सीमित रहनु उपयुक्त नहुने बताएका हुन्।
“सञ्चार गृहहरूले लेख, अन्तर्वार्ता र कार्यक्रममार्फत आईटी क्षेत्रमा विमर्श गरिरहेका छन्। संसद्मा समेत बहस हुँदैछ। यी सबै सुन्दा सकारात्मक लाग्छ,” थापाले भने, “तर बहसमै अल्झिरह्यौं भने गन्तव्यमा पुग्न सक्दैनौं। अब एक्सन लिने समय आएको छ ।”
थापाले पछिल्ला वर्षहरूमा आईटी क्षेत्रमा प्रेरणादायी उपलब्धिहरू भएको बताउदै, जसमा रोजगारी सिर्जना, सेवा निर्यात, र युवा उद्यमशिलता उल्लेखनीय टेवा दिएको बताए। उनले केही स्टार्टअपहरू क्षेत्रीय र अन्तर्राष्ट्रिय स्तरसम्म पुगेको उल्लेख गर्दै, यी उपलब्धिहरू मात्र हेरेर अति उत्साहित हुनु उपयुक्त नहुने बताए।














![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)



प्रतिकृया