आइटेलले नेपाली बजारमा बजेट सेग्मेन्टको नयाँ स्मार्टफोन आइटेल ए८० सार्वजनिक गरेको छ, जसलाई ‘क्या दामी छ!’ नारासहित पेश गरिएको छ। विद्यार्थी, गेमर, प्रविधि प्रेमी, र व्यवसायीहरूको आवश्यकतालाई ध्यानमा राखेर डिजाइन गरिएको यस फोनमा ६.७ इन्चको एचडी+ डट-इन डिस्प्ले, १२० हर्ट्ज रिफ्रेस रेट, र ५०० निट्स पिक ब्राइटनेस उपलब्ध छ। आइपी५४ रेटिङ भएकाले यो धुलो र पानीका छिटाबाट सुरक्षित रहन्छ।
प्रदर्शनको लागि यूनिसोक टी६०३ अक्टा-कोर प्रोसेसर, ४ जीबी र्याम (थप ४ जीबी भर्चुअल र्याम) र १२८ जीबी स्टोरेज जस्ता फिचरहरू छन्, जसले मल्टिटास्किङ सहज बनाउँछ। फोनमा ५००० एमएएच ब्याट्री छ, जसले ३५ दिन स्ट्यान्डबाइ टाइम, ३१ घण्टा निरन्तर कल, ७५ घण्टा संगीत सुन्ने, र १८ घण्टा भिडिओ हेर्ने क्षमता प्रदान गर्छ। फोनले १० वाट चार्जिङ सपोर्ट गर्छ।
फोटोग्राफीका लागि १३ मेगापिक्सेल एआई डुअल रियर क्यामेरा र ८ मेगापिक्सेल फ्रन्ट क्यामेरा रहेको छ। डाइनामिक पोर्ट फिचरले चार्ज गर्दा, फेस अनलक गर्दा, वा कल गर्दा आईफोनको अनुभव प्रदान गर्छ। सुरक्षाका लागि साइड माउन्टेड फिंगरप्रिन्ट सेन्सर र फेस अनलक सुविधा छ।
यो फोन एन्ड्रोइड १४ गो एडिसन मा चल्छ र फोरजी भिओएलटीई, जिपिएस, वाइफाइ २.४, ब्लुटुथ ५.०, एफएम, टाइप-सी कनेक्टिभिटी जस्ता आधुनिक सुविधा उपलब्ध छन्। स्यान्डस्टोन ब्ल्याक, ग्लेशियर ह्वाइट, र वेभ ब्लू गरी तीन आकर्षक रंगमा उपलब्ध यो फोनको मूल्य १२,९९० रुपैयाँ निर्धारण गरिएको छ। कम्पनीले १२ महिनाको वारेन्टी साथै १०० दिनको रिप्लेसमेन्ट वारेन्टी प्रदान गर्ने जनाएको छ। नेपालभर ५० भन्दा बढी सेवा केन्द्रहरू मार्फत ग्राहकलाई सेवा उपलब्ध गराइनेछ।



















प्रतिकृया