प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ पास गरेपछि युवाहरू विदेशिने प्रवृत्ति रोक्न सरकार गम्भीर रहेको बताएका छन्। आज प्रतिनिधि सभा बैठकमा सांसद भगवती चौधरीले राखेको प्रश्नको जवाफ दिँदै उनले देशमै अवसर हुँदाहुँदै पनि बाहिर जानु उचित नभएको र नयाँ पुस्तालाई देशप्रति माया र जिम्मेवारीको भावना विकास गराउनुपर्ने बताएका छन्।
उनका अनुसार सरकारले युवाहरूलाई उद्यमशील बनाउने प्रयास गरिरहेको छ। आर्थिक तथा प्राविधिक क्षेत्रमा सहयोग गर्दै सरकारले ५०० युवालाई स्टार्टअप ऋण सहायता दिने योजना ल्याएको छ।
प्रधानमन्त्री ओलीले ‘व्यवस्था परिवर्तन भयो, तर अवस्था परिवर्तन भएन’ भन्ने सोचले समाजमा निराशा फैलाएको उल्लेख गर्दै खेत बाँझो छोडेर ऋण उठाई विदेश जाने प्रवृत्ति उचित नभएको बताए। उनले कृषि उत्पादनका लागि देशमै अवसर उपयोग गर्नुपर्नेमा जोड दिँदै तल्लो बाटोबाट अमेरिका पुगेर निष्काशन भई फर्किनु समाधान होइन भनेका छन्।
















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया