धितोपत्र बोर्ड अध्यक्ष सन्तोषनारायण श्रेष्ठ अन्तिम १५ मिनेटको औसत आधारमा नेप्से गणना गर्ने नियम हटाउने आश्वासन पाएपछि धितोपत्र बोर्ड घेराउ गर्न पुगेका लगानीकर्ता फर्किएका छन्।
धितोपत्र बोर्डअगाडि प्लेकार्डसहित प्रदर्शनमा उत्रिएका लगानीकर्ताहरु आफ्ना माग पूरा नभएसम्म नउठ्ने अडानमा थिए। तर, अर्थमन्त्रालयमा रहेका बोर्ड अध्यक्ष सन्तोषनारायण श्रेष्ठसँग टेलिफोनमार्फत कुराकानी गरेपछि आफ्नो माग पूरा हुने निश्चित भएको भन्दै लगानीकर्ताहरु सेबोनबाट फर्किएका हुन्।
आज उनीहरु बजार खुल्नु अघि निम्न काम हुनै पर्ने भन्दै धितोपत्र बोर्ड पुगेका थिए:
अन्तिम १५ मिनेटको औसत मूल्य निर्धारण गर्ने नियम खारेज गर्नुपर्ने।
जुन कम्पनीले आईपीओको आवेदन पहिले दिएको छ, त्यसलाई प्राथमिकतामा राखेर निष्कासन स्वीकृति दिनुपर्ने।
नकारात्मक नेटवर्थ भएका कम्पनीलाई आईपीओ निष्कासन रोक्नुपर्ने।
बैंकलाई बिना रोकतोक दोस्रो बजारमा लगानी गर्न दिने व्यवस्था गर्नुपर्ने।
सेयर लोनमा लागू गरिएको २५ करोड रुपैयाँको क्याप हटाउनुपर्ने।
कुनै कम्पनीलाई प्रिमियममा आईपीओ जारी गर्न नदिने नियम ल्याउनुपर्ने।
बैंक वा कुनै संस्थाले आफ्ना कर्मचारीलाई दिने बोनस लाभांश, सेयर वा नगद दुवै माध्यमबाट वितरण गर्न पाउने व्यवस्था मिलाउनुपर्ने।
















![भोटेकोशी बाढीबारे संसद्मा प्रधानमन्त्री बालेनको सम्बोधन, के–के भने? [पूर्णपाठसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/Stay-Updated-With-1-150x150.png)




प्रतिकृया