विकाश हाइड्रोपावरको आइपीओमा लगानीकर्ताको ओइरो, पहिलो दिनमै ओभर सब्सक्राइब्ड

बजारको चिरफार
बजारको चिरफार
२०८२ असार १८ गते
विकाश हाइड्रोपावरको आइपीओमा लगानीकर्ताको ओइरो, पहिलो दिनमै ओभर सब्सक्राइब्ड

विकाश हाइड्रोपावर कम्पनी लिमिटेडको आइपीओ निष्काशनको पहिलो दिनमै ओभर सब्सक्राइब्ड भएको छ। सर्वसाधारणका लागि कम्पनीले आज असार १८ गतेदेखि २९ लाख ४२ हजार ७६० कित्ता आइपीओ जारी गरेको हो।

सीडीएससीका अनुसार आज बुधबार साँझ ५ बजेसम्म विकाश हाइड्रोपावरको आइपीओमा ४ लाख ८४ हजार ११९ आवेदकहरूले ५९ लाख ५९ हजार ६७० कित्ता सेयरको लागि आवेदन दिएका छन्, जुन माग २.०२ गुणा बढी रहेको छ।

आइपीओको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ। आवेदकहरूले असार २२ गतेसम्म आवेदन दिन सक्नेछन्। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १०,००० कित्ता सम्म सी-आस्वा सुविधा प्राप्त बैंक तथा वित्तीय संस्थाका शाखाहरूबाट वा मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स