बालेन सरकार बनेपछि बढ्दै आईटिमा लगानी: गुगलसहितको सहकार्यमा चोभारमा डेटा सेन्टर बन्ने

बजारको चिरफार
बजारको चिरफार
२०८३ बैशाख २४ गते
बालेन सरकार बनेपछि बढ्दै आईटिमा लगानी: गुगलसहितको सहकार्यमा चोभारमा डेटा सेन्टर बन्ने
AI Generated Image

नेपालमा डिजिटल पूर्वाधार क्षेत्रमा ठूलो लगानी भित्रिन थालेको छ। पछिल्ला वर्षमा सूचना प्रविधि क्षेत्रमा लगानी बढ्दै गएको र निजी क्षेत्रको सक्रियता तीव्र भएको देखिएको छ।

यसैबीच, बिचुटेन डेटा भोल्टले नेपालमा ‘टियर ४’ हाइपरस्केल डेटा सेन्टर निर्माण गर्ने घोषणा गरेको छ। कम्पनीले नेपाललाई दक्षिण एसियाकै एक विश्वसनीय डिजिटल हब बनाउने लक्ष्य राखेको जनाएको छ।

यो परियोजना काठमाडौँ र वीरगन्ज गरी दुई स्थानमा सञ्चालन गर्ने तयारी छ। सुरुमा २४० किलोवाट क्षमताबाट सुरु हुने डेटा सेन्टरलाई सन् २०३० सम्म ५ मेगावाट क्षमतासम्म विस्तार गर्ने योजना छ।

कम्पनीका अनुसार टियर ४ स्तरको डेटा सेन्टरले ९९.९९५ प्रतिशत अपटाइम सुनिश्चित गर्छ। यसलाई बैंकिङ, दूरसञ्चार र सरकारी डिजिटल सेवाका लागि अत्यन्त महत्वपूर्ण मानिन्छ।

बिचुटेन डेटा भोल्टमा स्वदेशी उद्यमीहरू नवीन अग्रवाल, मीन अग्रवाल (फेयर ग्रुप), अनुज कियाल (कियाल ग्रुप), विशाल कुमार जाटिया र शरद गोयल संलग्न छन्।

कम्पनीले भीभीडीएन, गुगल क्लाउड, एएमडी र माइक्रोन जस्ता अन्तर्राष्ट्रिय प्रविधि कम्पनीसँग रणनीतिक साझेदारी गरेको पनि जनाएको छ।

कम्पनीको लक्ष्य नेपालभित्रै डेटा सुरक्षित राख्ने हो, जसले विदेशी सर्भरमाथिको निर्भरता घटाउने र साइबर सुरक्षालाई मजबुत बनाउने अपेक्षा गरेको छ। साथै, भविष्यमा नेपालमै सर्भर, ल्यापटप, ट्याबलेट र क्यामेरा जस्ता डिभाइस उत्पादन गर्ने योजना पनि अघि सारिएको छ।

ऊर्जा खपतका लागि यो डेटा सेन्टर पूर्ण रूपमा जलविद्युतमा आधारित हुने बताइएको छ, जसले यसलाई वातावरणमैत्री र ऊर्जा–दक्ष बनाउनेछ।

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स