फौजदारी अभियोग लागेका बीमा कम्पनीका सीईओ स्वतः निलम्बनमा, प्राधिकरणले पठायो पत्र

फौजदारी अभियोग लागेका बीमा कम्पनीका सीईओ स्वतः निलम्बनमा, प्राधिकरणले पठायो पत्र

फौजदारी मुद्दा दर्ता भएका बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा कर्मचारीहरु अब काम गर्न नपाउने भएका छन् । नेपाल बीमा प्राधिकरणले मुद्दा लागेका व्यक्तिहरु स्वतः निलम्बनमा पर्ने स्पष्ट पारेको हो ।

प्राधिकरणले सबै बीमा कम्पनीहरुलाई पत्र पठाउँदै फौजदारी अभियोग लागेका सीईओ तथा कर्मचारीहरुलाई जिम्मेवारीबाट हटाउन निर्देशन दिएको छ । यससँगै सम्बन्धित कम्पनीहरुले कामु सीईओ नियुक्त गर्ने प्रक्रिया अघि बढाउनुपर्ने भएको छ ।

सम्पत्ति शुद्धीकरण, विदेशी विनिमय तथा धितोपत्रसम्बन्धी कसुरमा विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता भएका व्यक्तिहरु निलम्बनमा पर्ने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार फौजदारी अभियोग लागेका, फरार सूचीमा रहेका तथा सरकारी वकिलको कार्यालयबाट अभियोजन दर्ता भएका केही व्यक्तिहरु कार्यालयमै उपस्थित भएर जिम्मेवारी सम्हालिरहेको पाइएपछि यस्तो निर्णय गरिएको हो ।

क–कसको गयो जागिर ?

बीमा कसुरसम्बन्धी मुद्दामा:

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका सीईओ चिरायु भण्डारी

हिमालयन रि इन्स्योरेन्सका सीईओ उपासना पौडेल

हिमालयन लाइफ इन्स्योरेन्सका सीईओ कपिल दाहाल

नेपाल माइक्रो इन्स्योरेन्सका सीईओ मृगेन्द्र रिमाल

धितोपत्र कसुरसम्बन्धी मुद्दामा:

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सका प्रतापमान सिंह

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नरेश रोक्का

लिबर्टी माइक्रो इन्स्योरेन्सका राम यादव

यस्तै, नेपाल पुनर्बीमा कम्पनीका सीईओ सुरेन्द्र थापा पनि सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाका कारण निलम्बनमा परेका छन् ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स