नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझाले बीमा कम्पनीहरूको लागि एकीकृत निर्देशन जारी गर्ने काम भइहेको बताएका छन्। इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान)ले आयोजना गरेको प्राधिकरणका नवनियुक्त अध्यक्ष ओझाको सम्मान तथा ‘अबको बीमा क्षेत्र’ विषयक अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओझाले प्राधिकरणले विगतमा जारी गरेका निर्देशनहरूको एकीकृत स्वरुपमा ल्याउने काम भइरहेको बताए।
अध्यक्ष ओझाले बीमा कम्पनीहरूले प्राधिकरणबाट विगतमा जारी भएका निर्देशनहरूलाई एकीकृत गर्न माग गरेको बताउदै यसका लागि प्राधिकरणले काम सुरु गरिसकेको र आफु कमिटी बनाएर यसमा लागिरहेको बताए । उनले दुई महिनाभित्र काम सम्पन्न गर्नेगरी काम गरिरहेको र यसले बीमा कम्पनीहरूलाई सहजता प्राप्त हुने बिश्वास ब्यक्त गरे ।
साथै उनले नियमावलीमा समाविष्ट विषयहरूको निर्देशनबाट हटाउने र आवश्यकताअनुसार संशोधन गर्ने काम भइरहेको जानकरी दिए। यसका उनले साथै, बीमकहरूको वित्तीय स्वास्थ्यलाई बलियो बनाउन प्राधिकरण सधैं सहजीकरणमा तत्पर रहने प्रतिवद्धता जनाए।
अध्यक्ष ओझाले बीमा उद्योगका सबै स्टेक होल्डरहरूको हित सुनिश्चित गर्नु पर्ने उल्लेख गर्दै बीमकको वित्तीय स्वास्थ्य बलियो नभएसम्म विमितको हितको संरक्षण गर्न नसकिने विचार ब्यक्त गरे ।
उनले बीमा उद्योगको सुधारका लागि विभिन्न सरोकारवालासँग छलफल र अन्तरक्रिया गर्ने कामलाई निरन्तरता दिने बताएका छन्। साथै, प्राधिकरणले विगतका निर्देशनलाई एकीकृत गर्ने र आवश्यक सुधार गर्दै बीमकहरूको लागि सुलभ बनाउने प्रयास गर्ने बताए।
अध्यक्ष ओझाले समग्र बीमा उद्योगको भलोका लागि एकीकृत निर्देशन जारी गर्ने दिशामा काम गरिरहेको र बीमितको हित संरक्षण प्राधिकरणको प्रमुख प्राथमिकता भएको पनि स्पष्ट पारे।















![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)


प्रतिकृया