बीमा अभिकर्ताको अनलाइन परिक्षा आजबाट पुन सुचारु, शुल्क पाँच गुणा बढ्यो

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन २२ गते
बीमा अभिकर्ताको अनलाइन परिक्षा आजबाट पुन सुचारु, शुल्क पाँच गुणा बढ्यो

नेपाल बीमा प्राधिकरणले केही समय रोकिएको बीमा अभिकर्ता दर्ता प्रणाली (IRMIS) आज फागुन २२ गतेदेखि पुनः सुचारु गरेको छ। बीमा नियमावली २०८१ अन्तर्गत अभिकर्ताको शैक्षिक योग्यता र परीक्षा शुल्कमा नयाँ व्यवस्था लागू भएसँगै, प्राधिकरणले फागुन १३ गतेदेखि अभिकर्ता परीक्षाको लागि दर्ता प्रणाली बन्द गरेको थियो।

नयाँ नियमअनुसार अब बीमा अभिकर्ता बन्न चाहने व्यक्तिले अनिवार्य रूपमा प्लस टू (१२ कक्षा) उत्तीर्ण गर्नुपर्नेछ, यस्तै परीक्षा शुल्क पनि बढाएर ५०० रुपैयाँबाट २५०० रुपैयाँ तोकिएको छ।बीमा ऐन २०७९ अनुसार बीमा मध्यस्थकर्ताले इजाजत प्राप्त गर्नुअघि तोकिएको परीक्षा अनिवार्य रूपमा उत्तीर्ण गर्नुपर्ने व्यवस्था गरिएको छ। सोही अनुरूप, नेपाल बीमा प्राधिकरणले २०८० कात्तिक १७ गतेदेखि बीमा अभिकर्ताका लागि अनलाइन परीक्षा सञ्चालन गरिरहेको छ।

सरकारले बीमा क्षेत्रको नियमन, व्यवस्थापन र पारदर्शिता बढाउने उद्देश्यसहित बीमा नियमावली २०८१ लागू गरेको हो। नयाँ नियमावलीअनुसार पुराना बीमा अभिकर्ताहरूको नविकरणका लागि एसएलसी (SEE) उत्तीर्ण नै पर्याप्त हुनेछ भने नयाँ अभिकर्ताका लागि प्लस टू अनिवार्य गरिएको छ।

बीमा अभिकर्ता बन्ने प्रक्रियालाई थप व्यवस्थित बनाउन नेपाल बीमा प्राधिकरणले आवश्यक प्रणाली अद्यावधिक गरी दर्ता प्रक्रिया पुनः खुला गरेको हो। इच्छुक व्यक्तिहरूले अब नेपाल बीमा प्राधिकरणको आधिकारिक प्रणाली IRMIS मार्फत अनलाइन आवेदन दिन सक्नेछन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स