राष्ट्र बैंकको तथ्यांकमा महँगी घट्यो

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन २६ गते
राष्ट्र बैंकको तथ्यांकमा महँगी घट्यो

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको माघ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति (महँगी दर) ४.१६ प्रतिशत रहेको जनाएको छ। यो दर अघिल्लो वर्षको सोही महिनाको ५.०१ प्रतिशतको तुलनामा घटेको हो। राष्ट्र बैंकका अनुसार समीक्षा अबधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.९५ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.७४ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरुको मुद्रास्फीति क्रमशः ६.५९ प्रतिशत र ३.९८ प्रतिशत रहेको थियो। खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उपसमूहको मूल्य १२.८० प्रतिशतले वृद्धि भएको छ, जसले गर्दा यो समूह सबैभन्दा महँगीयको छ। दाल तथा गेडागुडीको मूल्य ९.०६ प्रतिशत, तरकारीको ७.५६ प्रतिशत, र खाद्य तथा खाद्यजन्य वस्तुको मूल्य ६.३६ प्रतिशतले बढेको छ। यता, मरमसला उपसमूहको मूल्य २.९८ प्रतिशतले घटेको छ। गैर-खाद्य तथा सेवा समूहतर्फ विविध वस्तु तथा सेवाको मूल्य १०.९१ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ५.३६ प्रतिशत, मदिराजन्य पेय पदार्थको ५.०८ प्रतिशत, यातायातको ५.०१ प्रतिशत, सुर्तीजन्य पदार्थको ४.१० प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणको मूल्य ४.०७ प्रतिशतले बढेको छ। क्षेत्रगत रूपमा हेर्दा, ग्रामीण क्षेत्रको मुद्रास्फीति ४.७३ प्रतिशत र सहरी क्षेत्रको ३.९६ प्रतिशत रहेको छ। प्रदेशगत रूपमा कोशी प्रदेशमा सबैभन्दा बढी ६.१५ प्रतिशत मुद्रास्फीति देखिएको छ भने, मधेश प्रदेशमा ३.९१ प्रतिशत, बागमतीमा ३.३५ प्रतिशत, गण्डकीमा ३.४० प्रतिशत, लुम्बिनीमा ४.१६ प्रतिशत, कर्णालीमा ४.०५ प्रतिशत, र सुदूरपश्चिममा ४.७१ प्रतिशत रहेको छ। काठमाडौं उपत्यकामा मुद्रास्फीति ३.५३ प्रतिशत, तराईमा ४.२५ प्रतिशत, पहाडमा ४.११ प्रतिशत, र हिमाली क्षेत्रमा सबैभन्दा बढी ५.२१ प्रतिशत पुगेको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स