इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले केन्द्रीय कार्यालयका लागि विभिन्न व्यवस्थापकीय पदहरूमा कर्मचारी माग गरेको छ। कम्पनीले वरिष्ठ प्रबन्धक, प्रबन्धक, नायव प्रबन्धक, र सहायक प्रबन्धक पदका लागि योग्यता पुगेका नेपाली नागरिकहरूको आवेदन मागेको हो।
इच्छुक उम्मेदवारहरूले १५ दिनको भित्र आवेदन दिनुपर्नेछ। उम्मेदवारलाई स्नातकोत्तर/एसिसिए वा स्नातक तह उत्तीर्ण र बैंक तथा वित्तीय संस्थामा अनुभव आवश्यक रहेको छ। वरिष्ठ प्रबन्धक र प्रबन्धक पदका लागि ३ वर्षको अनुभव र नायव प्रबन्धक तथा सहायक प्रबन्धकका लागि २ देखि ४ वर्षको अनुभव मागिएको छ।
आवेदन दिनको लागि शुल्क रु. १,०००/- रहेको छ, जुन ग्लोबल आइएमइ बैंकको खाता नम्बर वा Esewa मार्फत जम्मा गर्न सकिनेछ। यो पदको कामका लागि उमेरको हद २१ देखि ५० वर्ष राखिएको छ। महिला उम्मेदवारलाई ५ वर्षको अतिरिक्त उमेर छुट दिइने छ।
आवेदनको प्रक्रिया र थप जानकारी कम्पनीको वेबसाइट www.infinitylbsl.com.np मा उपलब्ध छ।




















प्रतिकृया