SHAREHUBSHAREHUB

सरकारको कडाइपछि उद्योगीहरुले घटाए सिमेन्टको मूल्य

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र १८ गते
AdvertisementAds
सरकारको कडाइपछि उद्योगीहरुले घटाए सिमेन्टको मूल्य
AdvertisementAds

सरकारको कडाइपछि सिमेन्टको मूल्य प्रतिबोरा १५-२५ रुपैयाँ घटेको छ भने, फलामे छडको मूल्य किलोको २ रुपैयाँले घटाउने तयारीमा रहेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको निर्देशनमा वाणिज्य विभागले अनुगमनलाई तिव्र बनाएपछि उद्योगीहरू मूल्य घटाउन सहमत भएका हुन्।

लोडसेडिङ समय कम हुँदा उत्पादन लागत घटेर सिमेन्टको मूल्य घटेको सिमेन्ट उत्पादक संघले जनाएको छ। विभागले सबै उद्योगलाई चैत २० भित्र एमआरपी उल्लेख गर्न निर्देशन दिएको छ। एमआरपी लागू गर्दा दुर्गम क्षेत्रका उपभोक्तालाई असर पर्ने भन्दै थप छलफल आवश्यक रहेको उद्योगीहरूको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स