बाल अधिकार परिषद् खारेज गर्ने निर्णय फिर्ता लिन इन्दिरा राना मगरको माग

बजारको चिरफार
बजारको चिरफार
२०८३ जेष्ठ ७ गते
बाल अधिकार परिषद् खारेज गर्ने निर्णय फिर्ता लिन इन्दिरा राना मगरको माग
AdvertisementAds

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा राना मगरले राष्ट्रिय बाल अधिकार परिषद् खारेज गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेकी छन्।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले उक्त निर्णय अघिल्लो सरकारले गरेको भन्ने जानकारी आएको उल्लेख गर्दै त्यसबारे पुनर्विचार आवश्यक रहेको बताइन्। बालबालिकाको हक, हित र संरक्षणजस्तो संवेदनशील विषयमा स्पष्ट वैकल्पिक संरचना नै तयार नगरी परिषद् खारेज गरिएको भन्दै उनले असन्तुष्टि जनाइन्।

सांसद मगरले बाल अधिकार संरक्षणसँग जोडिएका विषयलाई गम्भीर रूपमा लिन सरकारलाई आग्रह गर्दै कुनै प्रभावकारी वैकल्पिक व्यवस्था सुनिश्चित नभएसम्म परिषद् खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न ध्यानाकर्षण गराइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स