धरान उपमहानगरपालिका र काठमाडौं महानगरपालिकाले कानुनी म्यादभित्र आगामी आर्थिक वर्षको बजेट पेस गर्न असफल भएका छन्। दुबै स्थानीय तहमा राजनीतिक विवाद र आन्तरिक झैझगडाका कारण बजेट प्रक्रिया रोकिएको हो।
काठमाडौंमा मेयर बालेन शाह र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंबीचको विवादले नगरसभाको बैठक बस्न नसक्दा बजेट अघि बढ्न सकेन। धरानमा भने मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रविक्रम बेघाबीचको असमझदारीले बजेट सीमा निर्धारण समिति नै बस्न सकेन।
कानूनअनुसार असार १० भित्र बजेट पेस गर्नुपर्ने भए पनि यी दुई प्रमुख सहरले समयमै बजेट ल्याउन नसक्दा विकास कार्य र सेवा प्रवाहमा असर पर्ने जोखिम देखिएको छ। विज्ञहरूले तत्काल समाधान गरी बजेट ल्याउन सुझाव दिएका छन्।

















![कस्ता Hydro मा बढ्दैछ आकर्षण ? Hydropower Sector Analysis [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/2bLqyfokqxE-maxresdefault-150x150.jpg)

प्रतिकृया