राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद लिमा अधिकारीले कृषि प्रधान देशमा किसानको पसिनाको मूल्य समयमै नपाउँदा उनीहरूको अवस्था अत्यन्त कठिन बनेको बताएकी छन् ।बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले सरकारले किसानलाई १५ दिनभित्र अनिवार्य रूपमा भुक्तानी दिने कानुनी व्यवस्था गर्नुपर्ने माग गरिन्।
उनले मकवानपुरका दूध उत्पादक किसानको मात्रै १४ करोड रुपैयाँभन्दा बढी भुक्तानी बाँकी रहेको उल्लेख गर्दै यो समस्या देशभरका किसानको साझा पीडा भएको बताइन्। दूध, उखु, धानलगायत उत्पादनको रकम महिनौँसम्म नपाउँदा किसानको दैनिक जीवन नै संकटमा परेको उनको भनाइ थियो।‘जब एउटा किसानले आफ्नो पसिनाको मूल्य महिनौँ–वर्षौँ कुर्नुपर्छ, उसले गाईभैँसीको दाना र छोराछोरीको स्कुल फी कसरी समयमा तिर्छ ?’ उनले प्रश्न गरिन्।
अधिकारीले कृषिमा भविष्य नदेखेर युवाहरू विदेशिन बाध्य भइरहेको पनि बताइन्। ‘आज ऊर्जावान् युवाहरू आफ्नो उर्वर भूमि बाँझै छोडेर खाडीको मरुभूमितर्फ जान बाध्य छन्,’ उनले भनिन्।उनले किसानको खल्ती रित्तो बनाएर मुलुकमा समृद्धि सम्भव नरहेको उल्लेख गर्दै खाद्यान्न उत्पादनसँगै खाद्य आत्मनिर्भरतामा जोड दिन सरकारलाई आग्रह गरिन्।
















![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-150x150.jpg)



प्रतिकृया