instainsta

निफ्राको सेयर बेचेर बाहिरिंदै आइएमई लिमिटेड, प्रतिकित्ता कति रुपैयाँ ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ मंसिर २९ गते
निफ्राको सेयर बेचेर बाहिरिंदै आइएमई लिमिटेड, प्रतिकित्ता कति रुपैयाँ ?
AdvertisementAds

नेपाल इन्फ्रान्स्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) का संस्थापक सेयरधनी आइएमई लिमिटेडले आफ्नो स्वामित्वमा रहेको करिब १० लाख ८० हजार कित्ता सेयर बिक्रीमा राखिएको छ। हालका लागि यो सेयर विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरिद आवेदन दिन पाउनेछन्।

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १५० रुपैयाँ तोकिएको छ। इच्छुक संस्थापक सेयरधनीहरूले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गरी सेयर खरिदका लागि निवेदन दिनुपर्नेछ।

सेयर खरिदका लागि आवेदन पेश गर्ने अन्तिम म्याद ३५ दिन तोकिएको छ। निवेदन काठमाडौंको बानेश्वरस्थित निफ्राको रजिस्टर्ड कार्यालयमा पेश गर्नुपर्नेछ।

तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरूले आवेदन नदिएमा, बाँकी सेयर अन्य व्यक्ति वा संस्थाहरूमाझ बिक्रीका लागि खुला गरिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स